पाँचथर । याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति पान्थरको तेस्रो अधिबेशन बुधबार सम्पन्न भएको छ ।
पान्थर फेदेनस्थित होटल सगुनको सभाहलमा भएको तेस्रो अधिबेशनले नयाँ कार्य समिति चयन गरेको छ । समितिको अध्यक्षमा कुमार यवा मौसम, उपाध्यक्षद्धयमा गगन जबेगूू खाम्बेक, चित्रकला हाङ्सरूम्बा, सचिवमा मचिन्द्र लोवा सेमी, सहसचिवमा रोजा जबेगू, कोषाध्यक्षमा बसन्त आङ्बो रहेका छन् । त्यस्तै सदस्यहरुमा नुमा लिङ्देन, सुखु सेर्मा, सुजन मादेनू मिसेक, कलावती बेघा, सपना लिङ्देन, सुमि जबेगू, सन्जीवनी मादेन, रवीन जबेगू, तागेरा तावा र कर्म चन्द्र नेम्बाङ रहेको जनाइएको छ ।


121 पटक हेरिएको 











