पवित्रहाङमा कपः माउन्ट सुनसरी विजयी

माङसेबुङ(इलाम)। किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ मा माउण्ड एभरेष्ट स्पोटिङ क्लब सुनसरीले सुरुवात गरेको छ ।
बुधबार भएको खेलमा उस्ले ट्राइबेकरको सहायताले गाईघाट फुटबल क्लब उदयपुरलाई पाखा लगायो । कपमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गरिरहेको छ । खेलका विजेताले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।
आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कप फागुन ३ गतेसम्म प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको छ । विहीबार कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, बीच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार