पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ बुद्धचौकमा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं स्थापना दिवस समारोह सम्पन्न भएको छ ।
बुधबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सहकारीले होटल साल्पामा आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । कार्यक्रममा विशेष अतिथि जिल्ला वचत संघ मोरङका उपाध्यक्ष एकराज निरौला, वडा अध्यक्षहरु उद्धवराज बस्नेत, नैना राई, विजय राई, प्रमुख सल्लाहकार दिलबहादुर तामाङ, सल्लाहकार हर्कबहादुर राई अतिथि रहेका थिए ,
संस्थाले जेष्ठ सदस्य सम्मान, लर्ड बुद्ध साकोस पत्रकारिता पुरस्कारबाट भूमि पाठक, एकल महिला सदस्य राहत वितरण र संस्थाद्वारा गराईको वक्तृत्वकलामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेहरुलाई प्रमुख अतिथि तुम्वापालेले पुरस्कार वितरण गरेका थिए ।


129 पटक हेरिएको 












