माङसेबुङ(इलाम) । पबित्रहाङ्मा कप २०७९ मा नवदीप युबा क्लब मिक्लाजुङ मोरङ फाइनल प्रबेश गरेको छ । आइतबार भएको खेलमा नबदीपले जिल्ला फुट्बल संघ ताप्लेजुङ्लाई २-१ गोल अन्तरले हराउदै फाइनल यात्र तय गरेको हो । सोमबार दोस्रो सेमिफाइनल एम एफ सि दार्जिलिङ भारत र जिल्ला खेलकुद संघ धनकुटा बीच हुनेछ । अब नवदीपले धनकुटा वा भारतको समना गर्नुपर्नेछ ।
किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित कपमा नेपाल र भारतका १० महिला फुटबल टिमले सहभागिता जनाएको छ । खेलको विजेताले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।
आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कप फागुन ३ गतेसम्म प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको छ ।


280 पटक हेरिएको 












