पार्टीमा व्यापक रूपान्तरण गर्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् ।
आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सो कुरा भनेका हुन् ।
“पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निणर्य गरेको छ। अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ। २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं।” उनले भने, “अहिले बेला भएको छैन, २ महिने अभियानले हाम्रो अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान हुन्छ” उहाँले भन्नुभयो, “त्यसको आधारमा केन्द्रीय समितिको पूणर् बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौं।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार