पवित्रहाङमा कपः उपाधिको लागि मोरङ र दार्जेलिङ भिड्ने

माङसेबुङ(इलाम)। इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप फुटबल प्रतियोगिताको फाइनलमा एम एफ सी दार्जिलिङ भारत पुगेको छ ।
सोमबार भएको खेलमा धनकुटा जिल्ला खेलकुद संघ धनकुटालाई पराजित ग¥यो । निर्धारित समयमा एक÷एक गोल गरेपछि खेल ट्राइबेकरमा पुग्यो । ट्राइबेकरमा विजयी टिमले ४–१ ल्े अग्रता लिएको थियो । फागुन ३ गते हुने फाइलनमा अब भारत र नवदीप युबा क्लब मिक्लाजुङ मोरङ बीचको खेल हुनेछ ।
किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित कपमा नेपाल र भारतका १० महिला फुटबल टिमले सहभागिता जनाएको छ । खेलको विजेताले नगद रु। दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु। एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।
आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कप प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार