ससुराल जाने क्रममा भीरबाट लडेर मृत्यु

लेटाङ (मोरङ) । मोरङको लेटाङ नगरपालिका ८ खैरेनी बस्ने ७३ वर्षीय हस्तबहादुर लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ गैरीगाउँमा भीरबाट लड्दा उनको मृत्यु भएको छ ।
माघ २९ गते ३५ वर्षीया श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीका साथ मोरङदेखि पाँचथरको मिक्लाजुङ ६ मेवाखोलामा रहेको ससुराली घर आउने क्रममा भीरबाट लडेका हस्तबहादुरको मंगलबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) सन्तोष राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार