पथरी । मोरङको पथरी शनिश्चरे नगरमा १२ औ पटक हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान संचालन गर्ने भएको छ । पथरी शनिश्चरे नगरपालिकाले पत्रकार अन्तरक्रिया कार्यक्रम गर्दै फागुन ११ गतेदेखि नगरबासीलाई औसधि सेवन अभियान थाल्ने बताएको हो । फागुन ११ गते नगरको सबै वडामा छुट्टाछुट्टै कार्यक्रम गरेर अभियानको थालनी गरिनेछ । अभियान बारेमा नगरपालिकाका प्रमुख मोहन तुम्बापो, कार्यकारी अधिकृत लक्ष्मी खरेल, स्वास्थ संयोजक मुरारी आचार्य, स्वास्थ्यकर्मी जगत मगरलगायतले जानकारी गराएका छन् । स्वास्थ प्रमुख आचार्यले घरलौरी सबैलाई खुवाइ सकेपछि मात्र अभियान सम्पन्न हुने बताए ।


139 पटक हेरिएको 









