उम्मेदवारको जरिवाना पनि मिनाहा

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवाना राष्ट्रपति विद्यादेवी भण्डारीले मिनाहा गरिदिएकी छन । निर्वाचन खर्च विवरण नबुझाएका १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरुबाट तत्काल जरिवाना असुल नगर्न बुधबार सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिएको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार