सखुवारा(पथरी शनिश्चरे) । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा अवस्थित बुद्ध माध्यमिक विद्यालयले व्यवस्थापन समिति चयन गरेको छ ।
आज भएको विद्यालयको ब्यबस्थापन समिति सदस्य छनौट गर्न आयोजित अभिभावक भेलाले किसोर बस्नेत, रामबहादुर पौडेल, यसोधा खत्री, शोभा खड्कालाई समितिमा चयन गरेको छ । भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा सर्बसम्मतले तेजिन्द्र पाण्डे (रमेश), सदस्यमा दिलकुमार गुरुङलाई चयन गरेको विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देलले जनाएका छन् ।


160 पटक हेरिएको 









