पथरी । न्यू पेगोडा अंग्रेजी माध्यमिक विद्यालय पथरी शनिश्चरेले आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस र्काक्रम विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालयले वि.सं.२०७८ को एकेडेमिक र अभिभावकहरुको मनोरञ्जनात्मक खेलको पुरस्कार वितरण गरिएको छ । यसैगरी पूर्व अभिभावक सम्मान, पूर्व विद्यार्थी सम्मान, कार्यरत शिक्षक तथा कर्मचारी सम्मान र विद्यार्थीहरुको मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भएको थियो ।
दुर्गा सुवेदी दंगालको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत नविन खुलाल, वडा नं.१ वडाध्यक्ष भीम राई, शिक्षक/शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।


200 पटक हेरिएको 









