चितवन । बाग्मती प्रदेशको चितवनमा जारी किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ्गमा चुम्लुङ झापा जिल्ला शाखा देशभरिका चुम्लुङ शाखा मध्ये उत्कृष्ठ शाखा घोषित भएको छ ।
स्वदेशका १३ वटा र प्रवासका १८ वटा चुम्लुङ शाखाहरु मध्ये यसवर्ष झापा जिल्ला शाखा उत्कृष्ठ घोषित भई पुरस्कृत भएको हो । झापा शाखाले महत्वपूणर् योगदान पुरयाँँएवापत झापा शाखासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
चुम्लुङ्ग संघीय समितिले जिल्ला शाखाहरुको गतिविधिलाई मूल्याङकन गरि उत्कृष्ठ शाखालाई पुरस्कृत गरिआएको छ । चुम्लुङ्ग झापाले चुम्लुङ्गको उद्देश्य अनुरुप विभिन्न कार्यक्रम नियमित रुपमा सञ्चालन गरिआएको जिल्ला अध्यक्ष शेसेहाङ फियाकले बताए ।


168 पटक हेरिएको 











