सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद् उपलक्ष्यमा स्वदेश
तथा विदेशमा रहनुभएका शेर्पा समुदाय लगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
आज विहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले ग्याल्बो ल्होसार नेपालका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष, ऐतिहासिक र प्रेरणादायी दिन भएको बताए । देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको, तिनीहरूको रक्षा र प्रवद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारी रहेको उनले भनेका छन् ।
विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवद्र्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न बताउँदै उनले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको जनाए । उनले भने, ‘सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार