पथरी । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पथरीशनिश्चरे नगर समिति (मोरङ) कोे हिजो (मङ्गलबार) भएको तेस्रो परिषद् बैठकमा सम्पन्न भएको छ ।
१ नं. प्रदेश कमिटी सचिव रघुनाथ मिश्रको प्रमुख आतिथ्यमा स्थानीय भुल्के सिमसारको पर्यटकीय क्षेत्रमा भएको बैठकले शिक्षकको पेसागत हकहितका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको हो । मूलतः सामुदायिक विद्यालयमा स्थानीय (आन्तरिक) स्रोतबाट नियुक्त शिक्षकको पारिश्रमिकमा एकरूपता ल्याउनका लागि नगरपालिकासँग समन्वय गर्ने, नवप्रवेशी शिक्षकलाई सम्मानसहितको शुभकामना एवम् सेवानिवृत्त शिक्षकको बिदाइमा सङ्गठनले सक्रियता बढाउनेजस्ता महत्त्वपूणर् निणर्य भएको हो । यसै गरी बालकक्षाका शिक्षक, साविक उमाविमा नियुक्त शिक्षक र प्राविधिक धारमा नियुक्त शिक्षकको पेसागत स्थायित्वका लागि पनि केन्द्र सरकारसम्म ध्यानाकर्षण गर्ने गरी यही नगरबाट ठोस कार्ययोजनासहित काम थाल्ने निणर्य भएको सङ्गठनका पथरी नगरसचिव सुरेन्द्र दाहालले जानकारी दिए ।
सङ्गठनका नगर समिति अध्यक्ष रोहिणीप्रसाद घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक महासङ्घ, पथरीशनिश्चरे नगर अध्यक्ष अर्जुनकुमार बुढाथोकी, मोरङ जिल्ला कमिटी सचिवालय सदस्य रविन भट्टराई, पथरी नगर शिक्षा, खेलकुद तथा युवा शाखा अधिकृत नवीन खुलाल, सङ्गठन मोरङ जिल्ला कमिटी सदस्य एवम् पथरी नगर इन्चार्ज इन्दिरा गौतम, बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देल, सञ्चारकर्मी विवेक न्यौपाने लगायतले बोलेका थिए ।


130 पटक हेरिएको 









