कुम्मायक(पाँचथर) । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन हुदैँ आएको कुम्मायक गोल्डकप चैत ११ गतेदेखि हुने भएको छ । बुधवार पालिकाको केन्द्र यासोकमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र ११ गतेदेखि १५ गतेसम्म गोल्डकपको चौथो संस्करण हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा पाँचथरका ८ वटै स्थानीय तहको सहभागिता रहने छ ।
चैत्र ११ गते पहिलो खेलमा कुम्मायक गाउँपालिका र फालेलुङ गाउँपालिका बिच खेल हुनेछ । १२ गते दोस्रो खेलमा मिक्लाजुङ गाउँपालिका र फिदिम नगरपालिका बिच खेल हुनेछ। त्यस्तै हिलिहाङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका, याङवरक र तुम्बेवा गाउँपालिकाबिच खेल हुनेछ।
प्रतियोगितामा प्रथम हुने पालिकाले १ लाख ११ हजार, १ सय, ११, तीन बर्षे रनिङ ट्रफी मेडल,प्रमाण-पत्र, दोस्रो पुरस्कार ५५ हजार, ५ सय, ५५ रुपैया, ट्रफी मेडल, प्रमाण-पत्र प्राप्त गर्नेछ । त्यस्तै विधागत तर्फ मेनअफ दि म्याच सेमिफाइनल सम्म प्रति म्याच ३ हजार र फाइनल खेलमा ५ हजार प्रदान गरिने छ । म्यानअफ दि सिरिजलाई १५ हजार प्रदान गरिने छ । त्यस्तै वेष्ट किपिङ ५ हजार, वेष्ट डिफेन्स ५ हजार, वेष्ट मिडफिल्ड ५ हजार, वेष्ट फरर्वड ५ हजार, हाई स्कोरर ५ हजार, र राइजिङ स्टारलाई ५ हजार प्रदान गरिने आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए । खेल अवधिभर २० लाख भन्दा धेरै खर्च हुने आयोजकले अनुमान गरेको छ ।


248 पटक हेरिएको 












