हसन्दह । पथरीशनिश्चरे ६ मा मटर पंखा तालिमको उदघाटन भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिहिबार एक महिने तालिमको आयोजना भएको हो । तालिममा पथरीशनिश्चरे ६ का ९ जनाले युवाले सहभागिता जनाएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति पथरीशनिश्चरे नगरपालिका उपप्रमुख देबिमाया काफ्ले सीप सिकेर युवाहरुलाई आत्मानिर्भताको बाटो तर्फ अघि बढ्न हौसला दिइन् । नगरका कर्मचारी कल्पना कटुवालले संचालन गरेको कार्यक्रम वडा नम्बर ६ का अध्यक्ष कृष्णकुमार खड्काले अध्यक्षता भएको हो ।


113 पटक हेरिएको 












