विनायक र राइजिङ विजयी

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन् ।
पहिलो खेलमा विनायकले वाल्मीकि स्कूललाई ११ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २२ ओभरमा ४ विकेट गुमाई १ सय ३३ रन बनायो । जस्मा म्यान अफ द म्याच नितेशकुमार पासवानले ५६ रन बनाउँदा कृष साहले २२ रन बनाए । वाल्मीकिका प्रकाश शर्माले २ विकेट लिए ।
१ सय ३४ रनको लक्ष्य पाएको वाल्मीकिले १४ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय २२ रन बनायो । जस्मा साहिल खानले ३० रनको योगदान दिए । विनायकका प्रवेश पासवान र शिभम पासवानले ३-३ विकेट लिए ।
आज भएको दोस्रो खेलमा राइजिङ नेपालले मनकामना स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका मनकामनाले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय २३ रनको बनायो । जस्मा अमन अन्सारीले ३६ रन बनाउँदा लक्ष्मण तत्माले २६ रन जोडे । राइजिङका राहुल राँय, महमद समर र महमद साहिलले २-२ विकेट लिए । १ सय २३ रनको लक्ष्य पछ्याएको राइजिङले १६ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच महमद साहिलले नटआउट ४७ रन बनाए । मनकामनाका पियूस गुप्ता र लक्ष्मण तत्माले समान २-२ विकेट लिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार