काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सांसद सहनाज रहमानको निधनमा दुख व्यक्त गरेको छ।
शनिबार केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शोक विज्ञप्ति जारी गर्दै सांसद सहनाज रहमानको निधनप्रति दुख व्यक्त गरेका हुन्।
शोकमा जसपाले पार्टीको झण्डा आधा झुकाउने र आजदेखि ३ दिनसम्म कार्यालय बन्द रहने बताएको छ।
संघीयता, गणतन्त्र, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा अनवरत लाग्नु भएकी मधेस आन्दोलनकी अग्रणी रहेकी रहमानको मृत्युले संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन र जनता समाजवादी पार्टी, नेपाललाई अपुरणीय क्षति पुग्न गएको बताइएको छ।


114 पटक हेरिएको 












