सत्यनारायण र पोखरियालाई सफलता

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कूल र पोखरिया स्कूल विजयी भएका छन् ।
पहिलो खेलमा सत्यनारायण स्कूलले विनायक स्कूललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ । । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गरेको थियो । जस्मा साइमन कामतले ४३ रन बनाउँदा दिपक यादवले ३५ रन र सोनू सिंहले ३० रन बनाएका थिए । विनायकका रेहान अलीले ३ विकेट लिँदा प्रवेश पासवान र शिभम पासवाले समान २-२ विकेट लिए ।
२ सय १७ रनको विशाल लक्ष्य पाएको विनायकले १४ दशमलव १ बलमै सवै विकेट गुमाउँदै ५४ रनमा सिमित भयो । जस्मा प्रल्लाद यादवले १२ रन जोड्दा कृष साहले पनि १२ रन जोडे । सत्यनारायणका म्यान अफ द म्याच राजा मण्डलले ३ दशमलव १ बलमा किफायती बलिङ गर्दै ७ रन दिएर ५ विकेट दिए । त्यस्तै अमर यादवले २ विकेट लिए ।
सोमबारै भएको समुह वि कोे खेलमा पोखरियाले राइजिङ नेपाल स्कूललाई ९० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरियाले दुई खेलमा २ मा जित र १ मा पराजित भएको छ भने राइजिङले १ मा जित र २ मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरेको छ । टस जितेर ब्याटिङ गरेको पोखरीयाले निर्धारित २५ ओभरमा ८ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । जस्मा कृष्ण देवले ३३ बलमा आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ७ चौका प्रहार गर्दै ६५ रन बनाउँदा अविशेक यादवले २३ रन बनाए । राइजिङका महमद साहिल, राहुल राँय र महमद जावेदले २-२ विकेट दिए ।
१ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको राइजिङले १४ दशमलव १ बलमा सवै विकेट गुमाई ५४ रनमा सिमित भयो । जस्मा महमद शम्शेरले २६ रन जोड्दा बायन अलीले १४ रन जोडे । पोखरियाका म्यान अफ द म्याच विशाल यादवले ४ ओभरमा १७ रन दिएर ६ विकेट लिँदा प्रेम मण्डलले २ विकेट लिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार