बुढीगंगा । मोटरसाईकल दुर्घटनामा मृत्यु भएको दुईजनाको शव पहिचान हुन नसकेपछि जिल्ला प्रहरीले कोशी अस्पतालको शव गृहमा राखेको छ ।
सोमबार विहान ९ बजे मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित दक्षिणबाट उत्तर जाने क्रममा बा ६३ प ४२७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठक्कर हुदा सक्त घाइते भएको थियो । मोटर साईकलमा सवार चालक र पछाडी सवार दुवैजना सक्क्त घाइते भएको थियो । उनीहरु विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
एकजना उमेर अन्दाजी ३०/३५ बर्ष देखिने उचाई ५ फिट ४.५ ईन्च भएको निलो र पहेलो कलरको ट्रयाक सुट लगाएको छ । अर्को पुरुषको उमेर २८/२९ बर्ष देखीने उच्चाई ५ फिट ४ ईन्च भएको र कालो जम्पर लगाएको छ ।


107 पटक हेरिएको 












