कोशी प्रदेश, किमार्थ स्वीकार्य छैनः जसपा

विराटनगर । सत्तारुढ जनता समाजबादी पार्टी नेपाल प्रदेश समितिले कोशी प्रदेशको नामाकरण किमार्थ स्वीकार नगर्ने जनाएको छ। बुधबार प्रदेश सभाले दुई तिहाई भन्दा बढी मतले कोशी प्रदेशको नामाकरण टुंगाएपछि जसपाले विज्ञप्ती जारी गर्दै रोष प्रकट गरेको हो । उत्पीडित राष्ट्रियताहरूले सदियौंदेखि उठाउँदै आएको पहिचानको मुद्दालाई सम्बोधन गर्नुको विकल्प छैन । विविधतायुक्त नेपाली जनताको बलिदानीपूणर् संघर्षबाट स्थापित परिवर्तनको मुद्दालाई कुल्चेर राखिएको नाम किमार्थ स्वीकार्य छैन । प्रदेश अध्यक्ष दिपक याक्खाद्धारा जारी विज्ञप्तीमा औल्याइएको छ, बहिष्कृत-सीमान्तकृत जनताको मुद्दा सम्बोधन नगरिए विभिन्न संघर्षहरूबाट प्राप्त उपलिब्धि समेत गुम्ने खतरा झन बढेर गएको छ ।
प्रदेशको नामाकरण ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ’ हुनुपर्ने माग राख्दै आएको स्मरण गर्दै परिवर्तनबाट स्थापित मुद्दाहरूलाई रक्षा गर्न विगतमा आदिवासी जनजाति आन्दोलन, लिम्बुवान, थरूहट/थारूवान, ताम्सालिङ, किरात-खम्बुवान आन्दोलनलगायतसँग गरेका सम्झौताहरू कार्यान्वयन गर्नका लागि प्रदेशबासी एकताबद्ध हुन जसपाले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार