धरान । समाजबादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरान सुनसरीका विद्यार्थीले जेब्रा क्रसिङ निर्माण गरेका छन । युनियनको बिएड, बिबिएस र बिए प्रथम बर्ष कक्षा कमिटीहरुको आयोजना र ईकाई कार्य समितिको ब्यबस्थापनमा क्याम्पस परिसर अगाडि “जेब्रा क्रसिङ“ बनाउने कार्य सुरु भएको छ ।
विद्यार्थीहरुको सुरक्षा र गाडीको तीब्र गति नियन्त्रण गर्न कक्षा कमिटीहरुद्वारा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।


123 पटक हेरिएको 












