आजदेखि याक्थुङ ज्ञान महोत्सव

शिवसताक्षी (झापा) । आज(शुक्रबार)देखि दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ सुरु हुदैछ । महोत्सब फागुन १९ र २० गते शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा आयोजना हुदैछ ।
बौदिक ज्ञान आदान प्रदान र पुस्तान्तणका लागि भन्ने नाराका साथ याक्थुङ युवा मञ्च केन्दिय कार्य समितिको आयोजना र याक्थुङ युवा मञ्च झापा जिल्लाको व्यवस्थापनमा महोत्सब आयोजना भएको हो । मञ्च झापाका जिल्ला अध्यक्ष तथा महोत्सब व्यवस्थापन संयोजक प्रताप निङ्लेकुले किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा हुने ज्ञान महोत्सबको सम्पूणर् तयारी पूरा भएको जनाएका छन् । १० शिर्षकको लागि २१ जना प्रस्तोता/वत्ताहरुको प्रस्तुति रहने महोत्सवमा ३ सय बढीले सहभागिता जनाउने व्यवस्थापक संयोजक निङलेकुले जानकारी गराए ।
महोत्सबको उद्घाटन पत्रपछि छलफल हुनेछ । आज (पहिलो दिन)मा उच्च शिक्षामा लिम्बु समुदाय, लिम्बुहरुको पुर्खौली भूमि र प्रथाजनित संस्था, मुक्कुम्लुङमा संरक्षण र अतिक्रमण याक्थुङ स्थान नाम, लिम्बु लोक संस्कृति, लिम्बु मौलिक भेषभुषा र सौन्दर्यता, लिम्बु महिलाको सहभागिता र पहुँच, लिम्बु समाजमा युवाहरुको उदरदायित्व, मुन्धुम मन्थन शिर्षकमा छलफल गरिनेछ । भोलि(दोस्रो दिन) लिम्बु चलचित्रको अवस्था, लिम्बु भाषाको अवस्था, सम्भावना र चुनैतिहरु, सिक्किममा लिम्बु भाषा उच्च शिक्षा, लिम्बुवान आन्दोलन, प्रथाजनिक भूमि अधिकार, याक्थुङबा, किरात, लिम्बु हामी को हौं, सिक्किममा याक्थुङ मुन्धुमको अभ्यास, याक्थुङ मुन्धुम, भाषा र संस्कृतिले दर्शाउने लिम्बु तथा लिम्बुवानी पहिचानमा छलफल गरिने भएको छ ।
समाजको विविध पक्षको ज्ञानहरु युवा पुस्तामा पुस्तान्तरण गर्न प्रयास र अभ्यास गर्ने, साझा विषयमा बौद्धिक छलफल, बहस, प्रस्तुति र दस्तावेजिकरण गन, विश्वव्यापी रुपमा रहेको लिम्बू समाजको बारे साधन, स्रोत, ज्ञान, सूचना र अनुभवहरु आदान-प्रदान गर्दै युवापुस्तालाई प्रोत्साहित गर्न प्रयत्न गर्ने, सामाजिक, आर्थिक, राजनीतिक विषयवस्तुमा समीक्षा, वैचारिक मन्थन गर्ने र युवा पुस्तामा जागरण सिर्जना गर्ने उद्देश्यको साथ महोत्सबको आयोजना गरेको मञ्चले जनाएको छ ।
ज्ञान महोत्सवले विशेष गरी युवा पुस्तालाई आफ्नो मौलिकता चिनाउन र बुझाउन मद्दत गर्ने साथै बौद्धिक ज्ञान पुस्तान्तरणका लागि सहयोग पुर्‍याउने याक्थुङ युवा मञ्चका अध्यक्ष प्रज्ञा इजम बताइन् । महोत्सवको अनुमानित खर्च चार लाख रूपैयाँ रहने आयोजकले जनाएको छ ।
यस अघि याक्थुङ युवा मञ्चले २०७६ साल जेठ २४ र २५ गते काठमाण्डौंमा प्रथम याक्थुङ ज्ञान महोत्सवको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार