विजय धिमाल
उर्लाबारी । चौथो उर्लाबारी मेयर फुटबल नकआउट प्रतियोगिता २०७९ को उपाधि वडा नम्बर ३ लाई ट्राइबेकरमा हराउँदै वडा नम्बर ८ ले चुमेको छ ।
फाइनल खेलमा वडा नम्बर ३ लाई टाईब्रेकरमा ३-२ गोल अन्तरले हराउदै वडा नम्बर ८ ले उर्लाबारी मेयरकपको उपाधि चुमेको हो ।
निर्धारित समयमा खेल बराबर भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा वडा नम्बर ८ ले उपाधि चुमेको हो। जितसङ्गै वडा नम्बर ८ नगद ७५ हजार ट्रफि मेडल प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ३ ले नगद ५० हजार नगद सहित ट्रफि, मेडल प्रमाणपत्रमा चित्त बुझायो।
खेलमा उदयमान खेलाडी वडा नम्बर ८ का युग थापा मगर, उत्कृष्ट गोल रक्षक सरोज धिमाल, उत्कृष्ट डिफेन्स वडा नम्बर ३ का समिर तामङ
सर्बाधिक गोलकर्ता उर्लाबारी-९ का सन्नि लिम्बु र सर्बोउत्कृषठ खेलाडी उर्लाबारी वडा नम्बर ३ का सुरेश राई घोषित भए । खेलको म्यान अफ द म्याच उर्लाबारी-८ का योगेन्द्र कार्की घोषित भए। राजघाट भेट्रान फुटबल क्लबको आयोजना फागुन १२ गते देखि सुरु भएको मेयर कपको फाइनल खेलका बिजेतालाई नगरपालिकाका मेयर गङ्गा प्रसाद खरेल उपमेयर मिना पौडेल र क्लबका अध्यक्ष अर्जुन नाल्बो लगायतले पुरस्कार बितरण गरेका थिए ।
राजघाट भेट्रान फुटबल क्लबको आयोजना र उर्लाबारी नगरपालिकाको प्रमुख सहयोगमा भएको हो । अरनिको माविको खेल मैदानमा प्रतियोगिता भएको थियो ।


166 पटक हेरिएको 








