इटहरी । कोशी प्रदेशको नाम खारेजीको माग गर्दैै सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ ।
आइतबार लिम्बुवान किरात संयुक्त संघर्ष समितिले कोशी प्रदेश विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरी प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पहिचानको आधारमा लिम्बुवान-किरात प्रदेश नामकरण गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए । पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका थिए । १ नम्बर प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ ।


107 पटक हेरिएको 












