विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा सुरु भएको छ ।
महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता सुरु भएको हो । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट खेलमैदानमा भएको उद्घाटन खेलमा मोरङ र सिरहा विजयी भएका छन् । पहिलो खेलमा कोशी प्रदेशको मोरङले गण्डकी प्रदेशको एमसिसि महिला-११ लाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मारेङले निर्धारित १६ ओभरमा २ विकेट गुमाई १ सय ४९ रनको विशाल स्कोर बनाएको थियो । मोरङकी वुमेन अफ द म्याच सोनु राजवंशीले ३१ रन बनाउँदा टिका साहले अविजित ३० रन, पुणर्ीमा राजवंशीले २४ रन र सृजना राजवंशीले अविजित २१ रनको योगदान दिइन् । एमसिसिकी शुसिला तामाङ र एलिना गोतामेले १-१ विकेट लिइन् ।
१ सय ५० रनको विशाल लक्ष्य पछ्याएको एपसिसिले १३ दशमलव १ बलमा ४५ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन् । मोरङकी कप्तान सानु राजवंशीले २ लिँदा खुशी राजवंशी र वेदिका राजवंशी २-२ विकेट लिइन् ।
दोस्रो खेलमा सिरहाले सप्तरीलाई २ रनले पराजित गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १२ रनको स्कोर बनाएको थियो । सिरहाकी चन्द्रिका साहले ३१ रन अजमेरी खातुनले १२ रन बनाइन् । सप्तरीकी बन्दना च्बजकले ३ विकेट लिँदा साक्षी यादवले २ विकेट लिइन् ।
१ सय १३ रनको लक्ष्य पछ्याएको सप्तरीले निर्धारितओभरमा ९ विकेट गुमाई १ सय १० रनमा सिमित भयो । सप्तरीकी बन्दना रजकले १३ रन बनाउँदा दिपिका पंिशले अविजित १२ रन, साक्षी यादवले १२ रन र सुस्मीता यादवले पनि १२ रन बनाइन् । सिरहाकी वुमेन अफ म्याच चन्द्रीका साहले ४ लिँदा रोशनी साहले २ विकेट लिइन् ।
फागुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहा तथा गण्डकी प्रदेशबाछ एमसीसी-११ सहित ४ टिम सहभागी रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।


110 पटक हेरिएको 








