पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै आज(फागुन २८ गते) दबाबमूलक प्रदेशव्यापी आम हड्तालको कार्यक्रम सावर्जनिक गरेको छ । आज विहानदेखि ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलामबजार, झापाको विर्तामाड, दमक, भद्रपुर, मोरङको प्रदेश राजधानी विराटनगर उर्लाबारी, पथरी, लेटाङ र बेलबारी, सुनसरीको इटहरी र धरान, धनुकटाको धनकुटाबजार, तेह्रथुमको मेयङलुङ, भोजपुरको भोजपुरबजार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, ओखलढुंगाको ओलढुंगा, सखुवासभाको चैनपुर, सोलुको सल्लेरीलगायत स्थानहरुमा प्रदर्शनकारी भेला भएका छन् । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिका प्रेम एक्तेनले आम हडताल अन्तर्गत एम्बुलेन्स, खानेपानी, बविाह, मरमिराउको, कुटनैतकि एंवम अन्तर्राष्ट्रयि नयिोग, पत्रकार र मानव अधकिारका गाडीहरु बाहेक सम्पूर्ण व्यापार व्यवसाय, उद्योग कलकारखाना, यातायात, स्कूल, बजार, कार्यालय लगायत प्रदेशव्यापी बन्द हुने कार्यक्रम रहेको जनाए । हिजो कोशी प्रदेशका मुख्य चोक बजारमा प्रदेशव्यापी राँके जुलुस प्रदर्शन गरेको थियो । संघर्ष समितिले चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन गर्ने भएको छ ।


130 पटक हेरिएको 












