बिर्तामोड(झापा) । दृश्य अनलाईनका अध्यक्ष एवम् प्रबन्ध निर्देशक तथा जनता समाजवादीका नेता गौरीमान राई सहित तीन जनालाई पक्राउ गरेको छ ।
झापाको चारपानेबाट युवा नेता राई, सामी पालुङ्गा र कुमार साम्यो लिम्बूलाई पक्राउ गरेको हो । बिहान ६ः२० मा मोटरसाईकलमा हिडिरहेको बेला लछार पछार गर्दै ईलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले भेनमा हालेका थिए ।
झापाको चारपानेमा बन्दकारीहरुले सडकमै टायर बालेर बिरोध जनाएको भन्दै पक्राउ गरेको प्रहरीले जनाएका छन् । शान्तिपूणर् बन्द आव्हान भएको बेला प्रहरीको दुर्व्यहार गर्नु ठीक नहुने बताउदै पक्राउ परेकाहरुलाई तुरुन्त रिहा गर्नुपर्ने जनता समाजवादी पार्टीका झापाका अध्यक्ष दिपेन बाला राईले प्रतिकृया दिए ।


167 पटक हेरिएको 








