कोशी प्रदेशव्यापी आम हड्तालः २२ प्रदर्शनकारी पक्राउ

पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले आह्वान गरेको बन्दको क्रममा १९ प्रदर्शनकारी पक्राउ परेका छन् । आइतबार दिउसो झापाको विभिन्न स्थानबाट प्रदर्शनकारी पक्राउ परेका हुन् । दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो, महेन्द्र चाम्लिङ, बेनुकुुुुमार लिम्बु, दिपक लिम्बु, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादेन, डिकबहादुर मादेन, श्याम मादेन, याम लोरिङदेन पक्राउ परेका छन् । त्यस्तै विर्तामाडेबाट मित्र लिङदेन, विदोन न्यौपाने, निर्मला लिङदेन, देउमानहाङ लिम्बु र राज खम्बु र चारआलीबाट यलम्बर खाम्बु पक्राउ परेको संघर्ष समितिले जनाएको छ । काकडभिट्टाबाट ओमप्रकाश खापुङ र श्रवन मेचे पक्राउ परेका छन् ।चारपानेबाट गौरीमान राई, सामी पालुङ्गा र कुमार साम्यो लिम्बूलाई पक्राउ गरेको हो ।
कोशी प्रदेश नाम खारेजीको माग गर्दै आज(फागुन २८ गते) दबाबमूलक प्रदेशव्यापी आम हड्ताल गरेको हो । आज विहानदेखि ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलामबजार, झापाको विर्तामाड, दमक, भद्रपुर, मोरङको प्रदेश राजधानी विराटनगर उर्लाबारी, पथरी, लेटाङ र बेलबारी, सुनसरीको इटहरी र धरान, धनुकटाको धनकुटाबजार, तेह्रथुमको मेयङलुङ, भोजपुरको भोजपुरबजार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, ओखलढुंगाको ओलढुंगा, सखुवासभाको चैनपुर, सोलुको सल्लेरीलगायत स्थानहरुमा प्रदर्शनकारी भेला भएर बन्द सफल पार्न लागेका छन् । बन्द गराउन सडकमा उत्रिएपछि प्रदेशको जनवीवन प्रभावित भएको हो । छिटफुटबाहेक बन्दका कारण यातायातका साधन सञ्चालन हुन सकेको छैन। प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले आम हडताल अन्तर्गत एम्बुलेन्स, खानेपानी, विवाह, मरमिराउको, कुटनैतिक नियोग, पत्रकार र मानव अधिकारका गाडीहरु बाहेक सम्पूणर् व्यापार व्यवसाय, उद्योग कलकारखाना, यातायात, स्कूल, बजार, कार्यालय लगायत प्रदेशव्यापी बन्द हुने कार्यक्रम रहेको जनाए ।
हिजो कोशी प्रदेशका मुख्य चोक बजारमा प्रदेशव्यापी राँके जुलुस प्रदर्शन गरेको थियो । संघर्ष समितिले चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार