बिनासर्त तुरुन्तै रिहाइ गरः नामाङ्कन संयुक्त सङ्घर्ष समिति

पथरी । कोशी प्रदेश व्यापी आम हडतालको क्रममा पक्राउपरेका २ दर्जनभन्दा बढी कार्यकर्तालाई बिनासर्त तुरुन्तै रिहाइ गर्न माग गरिएको छ । संघर्ष समितिले विज्ञप्ती जारी गर्दै सो माग गरिएको हो ।
आन्दोलनको क्रममा झापाको बिर्तामोडबाट मित्र लिङ्देन, विनोद न्यौपाने, निर्मला लिङ्देन, देउमान हाङ लिम्बु, राज खम्बु, गौरिमान राई, कुमार साम्यु, र सामी पालुङवा, झापाको दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो लिम्बू, महेन्द्र चाम्लिङ राई, बेनु कुमार लिम्बु, दिपक लिम्बू, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादेन, डिग बहादुर मादेन, श्याम मादेन, महेन्द्र चाम्लिङ राई र याम लोरिङ्देन, झापाको चारआलीबाट यलम्बर खम्बु, झापाको काँकडभिट्टाबाट ओमप्रकाश खापुङ र पवन मेचे पक्राउ गरिएको समितिले जनाएको छ । भर्खरै प्राप्त जानकारी अनुसार केर्खा बजारबाट ममता लिम्बू साम्योक आङ्देम्बे र दिलिप घताने पनि पक्राउ परेका छन् । घटनाको घोर भत्सर्ना गर्दै पक्राउ परेकाहरुलाई बिनासर्त तुरुन्तै रिहाइ गर्न सम्बन्धित सरोकारवाला निकायमा माग गर्दै समितिले अन्यथा यसबाट उत्पन्न हुने सम्पूणर् परिस्थितिको जिम्मा नेपाल सरकार र सरोकारवाला निकाय जिम्मेवार हु्ने जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार