आमहडतालका प्रदर्शनकारीहरु साझ रिहाई

पथरी । कोशी प्रदेश व्यापी आम हडतालको क्रममा पक्राउपरेका २ दर्जनभन्दा बढी कार्यकर्तालाई बिनासर्त रिहाइ भएका छन् ।
झापाको विभिन्न स्थानमा पक्राउ परेका प्रदर्शनकारीहरुलाई प्रहरी कार्यालयबाट छुटेका हुन् ।
आन्दोलनको क्रममा झापाको बिर्तामोडबाट मित्र लिङ्देन, विनोद न्यौपाने, निर्मला लिङ्देन, देउमान हाङ लिम्बु, राज खम्बु, गौरिमान राई, कुमार साम्यु, र सामी पालुङवा, झापाको दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो लिम्बू, महेन्द्र चाम्लिङ राई, बेनु कुमार लिम्बु, दिपक लिम्बू, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादेन, डिग बहादुर मादेन, श्याम मादेन, महेन्द्र चाम्लिङ राई र याम लोरिङ्देन, झापाको चारआलीबाट यलम्बर खम्बु, झापाको काँकडभिट्टाबाट ओमप्रकाश खापुङ र पवन मेचे रिहाइ भएका छन् । केर्खा बजारबाट ममता लिम्बू साम्योक आङ्देम्बे र दिलिप घताने पनि रिहाई भएको संघर्ष समितिले जनाएका छन् । समितिले दिउसो घटनाको घोर भत्सर्ना गर्दै विना सर्त रिहाईको माग गरेका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार