दमकलको सहायताले बनमा लागेको आगो नियन्त्रण

पथरी । शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेमा लागेको आगो नियन्त्रणमा लिएको छ ।
फागुन २८ गते दिउसो ३ बजे अज्ञात व्यत्तीले लगाएको आगो एक घन्टा मा नियन्त्रणमा लिएको हो । शान्ति समूहको कार्यालय उत्तर, भुल्के मन्दिर उत्तर-पश्चिम जाते जाने बाटो पूर्व करम डाडा एरियामा भीषण आगोलागी भएको थियो । आगलागी समूहको पदाधिकारी, कर्मचारी, सब डिभिजन वन कार्यालय पथरीको कर्मचारी, सब डिभिजन वन कार्यालय मङलबारेका सशस्त्र वन रक्षकको टोली र पथरी नगरपालिकाको कर्मचारी र दमकल को सहयोगमा नियन्त्रणमा लिएको समूहका कार्यबाहक अध्यक्ष हेमभक्त तमुले जनाए । दमकलको सहायताले बनको आगो नियन्त्रण लिएको घटना जिल्लामा नै पहिलो घटना हुनसक्ने अनुमान अध्यक्ष तमुले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार