केराबारी(मोरङ) । कोशी प्रदेश खारेजीको माग राख्दै केराबारी गाउँपालिकाको पाटी गाउँमा रहेको कार्यालयमा तालाबन्दी गरेको छ ।
केराबारी गाउपालिका १ नम्बर वडा कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको हो । कोशी प्रदेश खारेज गरलगायत नारा लगाउँदै प्रदर्शनकारीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दोहन गरेका छन् । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष समिति गठन गरेसँगै कोशी प्रदेशमा आन्दोलन भइरहेको छ । समितिले चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन गर्ने भएको छ। प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुदमा जनलहर बढ्दो छ ।


137 पटक हेरिएको 












