पशु बिमा सम्बन्धी अभिमुखीकरण तालिम

रतुवामाई(मोरङ)। रूपान्तरण कृषि सहकारी संस्था लिमिटेड रतुवामाई नगरपालिका वडा नं.८ मोरङले आज पशु बिमा सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । रतुवामाई नगरपालिका वडा नं.८ को वडाध्यक्ष पुष्पबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको सो तालिममा रूपान्तरण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण विश्वकर्मा, ईटहरा कृषि सेवा केन्द्रका रमेश ताजपुरिया, प्रशिक्षक सुरेश प्रसाद रेग्मी लगायतले मन्तव्य राखेका थिए । सो तालिममा सहकारीका सदस्य तथा गैह्र सदस्य गरि ४० जनाको सहभागिता रहेको थियो । प्रशिक्षक सुरेश प्रसाद रेग्मीले पशुपालकहरूले पशुपालनमा हुने जोखिमबाट सुरक्षित रहन पशु बिमा सम्बन्धी सम्पूणर् जानकारी दिए । सहकारीले दशवटा पशु बिमा गरेर पशु बिमाको शुरूवात समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार