फिपराज बेघा
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ ले प्रदेश राजधानी विराटनगरको मुख्य क्षेत्रहरुलाई निषेधिक क्षेत्र ताकेको छ ।
आज प्रमुख जिल्ला अधिकारी भट्टराईले जरुरी सूचना जारी गर्दै कोशी प्रदेश नामाकरण पश्यात असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना जुलुस आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनगर गर्दै निशेधित क्षेत्र तोकिएको हो । चैत ५ गते विहान ६ वजेदेखि अर्को आदेश नभएसम्म कुनै पनि सभा जुलुस, भेला, धर्नाजस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३क) बमोजिम निषेध गरिएकोले प्रशासनले जनाएको छ ।
निषेधित क्षेत्र कायम गरिएका स्थानहरुः
क) प्रदेश सभाः पूर्वमा देबकोटा चोकदेखि कोशी अस्पताल चोकसम्मको क्षेत्र,
ख) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयः रोडशेष चोकदेखि जत’वा चोकसम्मको क्षेत्र,
ग) मुख्यमन्त्री निवासः परिपरि ३०० मिटरसम्मको क्षेत्र,
घ) प्रदेश प्रमुखको कार्यालय तथा निकास परिपरिः ३०० मिटरसम्मको क्षेत्र,
ङ)जिल्ला प्रशासन कार्यालय मोरङः डाँफे चोकदेखि पूर्वको क्षेत्र


111 पटक हेरिएको 












