वडाले मोटर पंखा मर्मत् गर्न सिकायो

पथरी । वडा नम्बर ६ को कार्यालय पथरीशनिश्चरे नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोटर पंखा मर्मत् तालिमको समापन भएको छ ।
सनिबार भएको कार्यक्रममा नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो । तालिम फागुन १० गतेबाट सञ्चालन भएको तालिममा सहभागीहरुलाई प्रमुख अतिथि काफ्लेले प्रमाण–पत्र वितरण गरिन् । कार्यक्रममा प्रशिक्षक ओमप्रकाश राजवंशी, नगरपालिका लघु उद्यम विकास शाखा प्रमुख सपना कार्की, वडा सदस्य शान्ता थापाले आफ्ना कुरा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार