पथरी । नेकपा एमाले, ३ नं. वडा कमिटी पथरी शनिश्चरेको आयोजनामा मिसन ग्रासरूट अभियान अन्तर्गत “वडास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल प्रशिक्षक रहेको कार्यक्रममा केन्द्रीय सदस्य एवम् मेचीनगर न.पा.की उप-प्रमुख मीना उप्रेती, कोसी प्रदेश कमिटी सचिवालय सदस्य खेम नेपाली र मोरंग जिल्ला कमिटी सदस्य वीरध्वज शिवाको समेत उपस्थिति रहेको थियो ।


95 पटक हेरिएको 












