मोटरसाइकल दुर्घटनामा दुईजना घाइते

विराटनगर । आयल निगम विराटनगर ४ माभएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । पेट्रोल पम्पबाट तेल हालेर बाटो काट्दै गरेको टिपरलाई मोटरसाइकलले ठक्कर दिँदा दुईजना घाइते भएका हुन् । ठक्कर दिँदा भएको दुर्घटनामा परी चालक मोरङको विराटनगर–५ भृकुटी चोक घर भएका २१ वर्षीय प्रतापबहादुर थापा र मोटरसाइकल सवार बुढीगंगा घर भएकी १९ वर्षीया निशा न्यौपाने रहेकी छन्। घाइते दुवैको हाल विराटनगरको कञ्चनबारीस्थित आर्या न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुबैको स्वास्थ्य सामान्य रहेको छ । बाटो काट्दै गरेको टिपरलाई दक्षिणबाट उत्तरतर्फ आइरहेको को २७ प ६६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार