पथरी । प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले चैत्र १४ गते कोशी प्रदेशका १४ जिल्लाका विभिन्न स्थानमा भएका शान्तिपूर्ण आन्दोलनमा सहभागी आन्दोलनकारीमाथि सुरक्षाकर्मीले गरेको निर्मम दमनको घोर भत्र्सना गरेको छ।
मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘कोशी’ नाम खारेजीका लागि दबास सिर्जना गर्ने उद्देश्यले समितिले निरन्तर सङ्घर्षका कार्यक्रम गर्दै आएको छ ।
आज कोशी प्रदेश नाम खारेजी र पदम लिम्बु (लाजेहाङ)लाई मारिएको विरुद्धमा विराटनगरमा समितिले शान्तिपूर्ण जनप्रदर्शनको कार्यक्रमको आयोजना गरेको थियो । बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै मंगलबार पहिचानवादीहरु प्रदर्शनमा उत्रेका थिए । सो क्रममा सुरक्षाकर्मीले दर्जनौ हवाइ फायर र रबरको गोली हानी, चार दर्शन बढी अश्रुग्यास प्रहार गरी, पानीको फोहरा साथै लाठी चार्ज गरी दुई दर्जन बढी आन्दोलनकारीहरु गम्भीर घाइते भएको समितिको भनाइ छ । ग्रामथान गापा ६ मोरङका २१ वर्षीय का सुरज राई (दाहिने खुट्टामा रबरको गोली), इटहरी ५ का २६ वर्षीय पदम केरुङ (देब्रे हातको कुइनो खुस्किएको), धरान १२ का ४१ वर्षीय अशोक राई (दाहिने हातमा चोट, सास फेर्न गाह्रो), धरान १६ का वर्ष ५१ का शिव आङ्देम्बे (टाउकोमा गम्भीर चोट), धरानका वर्ष २२ का उदय लिम्बु (दाहिने खुट्टामा चोट), धरान ११ वर्ष ४८ ज्ञान प्रकाश राई (टाउकोमा चोट), धरान ५ का वर्ष ४६ का एनके दर्नाल (टाउकोमा चोट), धरानका वर्ष २५ का विशाल राई (टाउकोमा चोट), इटहरी ५ का पदम लिम्बु(हातमा चोट),धरान १२ का आस्था राई (सास फेर्न समस्या), तरहराका रेशम राई (हातमा चोट), इटहरी ५ का रोयल राई (हातमा चोट), इटहरी ८ का विमल किराती (कुममा चोट),तरहराका रोज लिम्बु, धरानका विशाल राईलगायत २५ जनाभन्दा बढी आन्दोलनकारीहरु घाइते भएका छन् । उनीहरूको विराटनगरको पारस हस्पिटलमा प्राथमिक उपचारपछि धरान स्थित बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । समितिले घाइतेहरुको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ । 


120 पटक हेरिएको 












