काङ्ग्रेसले मन्त्रीहरुको टुंगो लगायो

काठमाडौ । कांग्रेस पाउने भनिएको ८ मन्त्रालयमा नेतृत्व गर्ने मन्त्रीहरुको नाम टुंग्याएको छ। कांग्रेसबाट पूर्णबहादुर खड्का, रमेश रिजाल, धनराज गुरूङ, एनपी साउँद, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत मन्त्री बन्ने भएका छन्।

धनराज गुरूङ सामान्य प्रशासन मन्त्री, एनपी साउँद सहरी विकास मन्त्री, सीता गुरूङ भूमि व्यवस्था मन्त्री, डिगबहादुर लिम्बू न्याय, कानून तथा संसदीय मामिला मन्त्री, प्रकाशशरण महत अर्थमन्त्री र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने कांग्रेसको तयारी रहेको एक नेताले जानकारी दिए।

खड्का र रिजालको मन्त्रालय भने टुंगिसकेको छैन। अरू दलले भने मन्त्री बन्नेको नाम टुंग्याइसकेका छैनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार