सरकारले प्रहरी निरीक्षक थापालाई अबिलम्ब बर्खास्त गर्नुपर्छः जसपा

काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालले जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नविन थापालाई अबिलम्ब बर्खास्त गरी निज उपर कानुनअनुसार कडा सजाय गर्न माग गरेको छ । मंगलबार पार्टी प्रवक्ता मनिष कुमार सुमनद्धारा जारी विज्ञप्तिमा सो माग गरेको हो । पार्टीका सप्तरी अध्यक्ष केदार प्रसाद यादबलाई थापाले निर्घात कुटपिट, आक्रामण र अकारण थुन्ने प्रयास गरेको भन्दै घटनाको निन्दा र भत्सना समेत गरेको छ । विज्ञप्तिमा प्रहरी निरीक्षक थापाले अध्यक्ष यादबलाई अभद्र गाली गलौजसहित लात र मुक्काले निर्घात आक्रमण गरी सख्त घाइते बनाउनुको साथै हथकडी लगाई थुन्ने प्रयास गरेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार