काठमाडौं । नेपाली सेनाले प्राविधिक र हवाई र विविध सेवा तर्फका पदिय तथा विल्लादार पदहरूमा दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको हो। सो को सूचना गोरखापत्रमा आज प्रकाशित छ ।
खुला तथा समावेशी प्रतियोगिताबाट नर्सदेखि पुजारीसम्म पदपूर्ति गर्न सेनाले इच्छुकबाट दरखास्तसमेत मागेको छ। पुरूषका हकमा उचाइ ५ फिट ३ इन्च र महिलाका हकमा ५ फिट भएका जो कोही इच्छुकले आजदेखि २०८० वैशाख २४ गतेसम्म रु.१० को टिकट टाँसेर नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दरखास्त फारम बुझाउन सकिन्छ।
नर्सिङमा ४२ जना, लेखामा ४६ जना र पुजारीमा ११ जनालगायत गरी विभिन्न पदका लागि सेनाले १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको हो।


131 पटक हेरिएको 








