बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुदैन: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, “मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ।”
“बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु नहुने बताउँदै प्रधानमन्त्री दाहालले। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार