काठमाडौँ । भूमि सुधार मन्त्रालयको प्रस्तावमा सरकारले रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यो निर्णयले जग्गाको अंशबण्डा र कारोबारलाई सहज बनाउने बताइन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित गर्दै कित्ताकाट खुलाएको हो ।


107 पटक हेरिएको 








