संघर्ष समितिको बैठक: सहिद लाजेहाङको अन्त्येष्टि शनिबार गर्ने

‘पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को बैठक  बैशाख ५ गते बसेको छ ।
संयुक्त सङ्घर्ष समितिले परिवारजनसँग सवन्वय गरी नेपालको सङ्घीयता कार्यान्वयन पछिको पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई  वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय भएको छ ।  अन्त्येष्टिको लागि शव यात्रा गर्दा ९ गते विहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरेर सुरुवात गरी ११ बजे इटहरीमा श्रञ्द्धाञ्जली अर्पण गर्ने र १२:३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेश सभा परिक्रमा गराउँदै २:३० बजे सहिद लाजेहाङको घर बेलबारी पुर्याउने र ४ बजे शवको अन्तिम संस्कार गर्ने संघर्ष समितिले जनाएको छ।बैठकपछि जारी बिज्ञप्तिमा बैशाख १० गते इटहरीमा र वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने पनि निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार