इलाम बजारमा कालो झण्डा प्रदर्शनसहित नाराबाजी गर्ने क्रममा ९ प्रदर्शनकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिकाका अर्पण राई, राम लिङदम, बिक्रम फियाक, सपना राई, रोङ गाउँपालिकाका विक्रम राई, देउमाई नगरपालिकाका धर्म लिम्बू, कुमार फत्र, महेश फियाक, पाँचथर फाल्गुनन्द गाउँपालिकाका गणेश लिम्बूलाई लछार पछार गर्दै नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन इलाम पुगेका एमाले अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्बाङ र कोशी प्रदेश नाम प्रस्तावक रामबहादुर राना मगर सहभागी कार्यक्रम चलिरहँदा इलामको चोक बजारमा कालो झण्डासहित प्रदर्शन गरे ।इलाम । कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधरहरुले इलाममा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद प्रदर्शन गरेका छन् ।


प्रदर्शनकारीहरुले ‘कोसी प्रदेश खारेज गर ‘केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउँदै कालो झण्डा प्रदर्शन गरेका हुन् ।

प्रदर्शन कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुुवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचान विरोधी भारतीय नाम कोशीलाई खारेज नगरेसम्म सरकारसँग वार्ता समेत नगर्ने जानकारी गराए । प्रदर्शनकारीले जिल्ला खेदकुल विकास समितिको कोशी प्रदेश लेखिएको बोर्ड समेत भत्काई दिएका छन् ।


158 पटक हेरिएको 












