उर्लाबारी चौकमा युवा संघको विरोध प्रदर्शन

उर्लाबारी । माओवादीका अयोग्य लडाकुहरुलाई २ लाख दिने सरकारको तयारी र झापामा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासको विरोधमा उर्लाबारीमा एमाले भातृ संगठन युवा संघ नेपालले विरोध स्वरुप राँके जुलुश निकालेको छ ।
शनिबार साँझ उर्लाबारी चौकमा मशाल जुलुससहित विरोध प्रदर्शन गरिएको थियो । गठबन्धन सरकारले जनघाती कदमहरु अघि बढाएको भन्दै विरोध प्रदर्शन गरिएको युवा संघ उर्लाबारीका संयोजक नितम चौहानले बताए । लडाकुलाई रकम दिने काम बन्द गर, जातीय सदभाव कायम गर भन्दै युवाहरुले चौकमा नाराबाजी गरेका थिए । विरोध प्रदर्शनपछि भएको कोणसभामा राष्ट्रिय युवा संघका नेताहरु डिल्ली खतिवडा, उपेन्द्र लिम्बू, नितम चौहानलगायतले सम्बोधन गरेका थिए । युवा संघका नेताहरुले आफुहरुले उठाएका विषयमा सरकार मौन बसे कडा विरोधका कार्यक्रम गरिने चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार