उर्लाबारी । सोमबार मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा मुख्य मन्त्री हिक्मतकुमार कार्की आउने थाहा पाएपछि बिहान् ९ बजेदेखि पहिचानबादीहरु भेला भए । पुर्ब पश्चिम लोकमार्गको थापा चोकदेखि प्रतिष्ठान जाने बाटोमै भेला भएर करिब १ बजेसम्म नाराजुलुस गरिरहे ।

नाराजुलुस पछि भएको कोणसभा पहिचानबादी नेताहरु कुमार लिङ्देन, केदार धिमाल, अर्जुन जम्नेली राई, सन्जय राईलगायले कोशी प्रदेशको नामाङ्कन खारेज गरि पहिचानको आधारमा पुनः नामाङ्कन गरि छाडने बताएका छन् । सडकमा प्रदर्शन गर्न थालेपछि मुख्यमन्त्री कार्की अर्को बाटो प्रयोग गरि विराटनगर फर्किएका थिए ।

साधारणसभामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामाकरण असम्भव रहेको बताएका छन् । उनले भने, “नेपाल बहुजातीय, बहुभाषियक, बहुसम्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान्ने मुलुक भएका कारण फागुन १७ गतेको प्रदेशसभामा उपस्थित ९१ प्रतिशत सभासदले प्राकृतिक विविधतालाई आधार मानेर कोशी प्रदेश नामाकरण गरिएको हो । अब पुनः प्रदेशको नामाकरण सम्भव छैन ।” प्रदेश सरकार निर्माण गर्न समर्थन गरेका सबै राजनैतिक दलको समर्थनमा नामाकरण गरेको भन्दै उनले पछिल्लो समय केही व्यक्ति र केही संस्थाले एमालेलाई लक्षित गरी आक्रमण गर्ने प्रवृत्ति बढ्दै जनाए।


104 पटक हेरिएको 












