इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ प्रदेश नम्बर १ ले इटहरीमा गोष्ठी सुरु गरेको छ ।
शनिबार `मल्टिमिडिया र पत्रकारिता´ विषयक २ दिने अभिमुखिकरण गोष्ठी सुरु भएको हो । इटहरी उपमहानगरपालिकाको सहयोगमा महासङ्घको आयोजनामा गोष्ठी सुरु भएको हो । सुनसरी, मोरङ, झापा, उदयपुर र धनकुटाका ३ दर्जन पत्रकारहरुको सहभागिता रहेको गोष्ठीमा आवर बिराटनगर डट नेटका संचालकद्वय सरोज कार्की र मोहम्मद जाकिर राजाले सहजीकरण गरिरहेको प्रदेश सचिब प्रदिप जस्मैतले बताएका छन्। गोष्ठीको उदघाटन सत्रमा महासङ्घका संघीय उपाध्यक्ष कमन देवान, सदस्यद्वय सुजता निङ्लेकु, भत्तशेर लिम्बू, प्रदेश सल्लाहकार भोजराज श्रेष्ठ, जिल्ला सल्लाहकारद्वय धिरेन्द्र चौधरी, सुकदेब चौधरी, धनकुटा अध्यक्ष बिनु चेम्जोङ, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ प्रदेश अध्यक्ष माया राईलगायतले बोलेका थिए ।


175 पटक हेरिएको 












