इलाम । नेपाल आदिवासी जनजाति महासङ्घ इलामको आठौं अधिबेशनले नेतृत्वमा चक्र नाम्बिङ्हाङ येक्तेनलाई चयन गर्दै सम्पन्न भएको छ ।
इलाममा भएको अधिबेशनले उपाध्यक्षत्रयमा भक्त बहादुर थामी, नर बहादुर खवास, साबित्रा श्रेष्ठ, कोषाध्यक्षमा बालकुमारी देवान, सचीवमा याम वाङ्देल राई, सह सचिबद्वयमा माङ्गा उराउ र अर्जुन मगर रहेका छन् । जेठ ४-५ गते भएको अधिबेशनले १६ सदस्यीय जिल्ला समन्वय परिषद गठन गरेको हो ।



99 पटक हेरिएको 












